Select a date and time slot to book an Appointment
Date Of Appointment
काठमाडौँ — नेकपाका स्थायी समिति सदस्य गोकर्ण विष्टले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा आफ्नो आत्मसम्मानमा चोट पुगेको बताएका छन् ।
आइतबारदेखि जारी सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको प्रतिवेदनमाथि आफ्ना सुझाव दिनेक्रममा पूर्वमन्त्री समेत रहेका विष्टले मन्त्रीबाट हटाउनु पहिले राजीनामा मागेको भए आफुहरु राजीनामा दिन पहिलै तयार रहेको बताएका छन्।
स्थायी समिति सदस्यको नाताले मन्त्रीबाट हटाउनु पहिले पार्टीले सामान्य जानकारी गराएर बाटो खाली गरिदिन भनेको भए बरु त्यसलाई आफूले सहज लिन सक्ने बताएका छन्। अयोग्य जस्तो गरी मन्त्रीबाट हटाउँदा आत्मसम्मानमा चोट पुगेको पनि विष्टले बताएका छन्।
बैठकमा बुधबार १२ जना सदस्यले आफ्ना सुझाव राखेका छन्। मातृका यादव, बर्षमान पुन, लिलामणी पोखरेल, प्रदीप ज्ञवाली, गिरिराजमणी पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले सुझाव राखेका छन्। अर्को बैठक बिहीबार ११ बजे बस्ने भएको छ।
ekantipur बाट
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support