by ठूलाचेक्मि अप्डेट
December 23rd 2019.

सल्यान : चालु आर्थिक वर्षमा सल्यानबाट ७० करोड बढीको अदुवा निकासी भएको छ। यो वर्ष अदुवाबाट सल्यानमा ७० करोड ९५ लाख रुपैयाँ बराबरको रकम आम्दानी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।


जिल्लामा २८ हजार ३ सय ९२ मेटिक्टन अदुवा उत्पादन भएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख महेश आचार्यले जानकारी दिए।  उनका अनुसार उत्पादित अदुवामध्ये १६ हजार ८ सय ९३ मेक्ट्रिटन जिल्ला बाहिर निकासी हुने गरेको छ।


विगतका वर्षमा अदुवा बिक्री नभएर निरास भएका किसान यो वर्ष अदुवाले मूल्य पाएपछि खुशीसमेत भएका छन्। विगतका वर्षमा २० रुपैयाँ किलोमा पनि बिक्री नभएको अदुवा यो वर्ष ४० रुपैयाँ किलोभन्दा बढीमा बिक्री भएको आचार्यले बताए।


जिल्लामा  २ हजार ९० हेक्टर क्षेफलमा अदुवा खेती गरिन्छ। प्रधानमन्त्री कृषि आधुनिकीरण जोन कार्यक्रम, तथा कृषि कार्यालयकै विभिन्न ब्लक कार्यक्रमले अदुवा उत्पादनमा वृद्धि आएको आचार्यको भनाइ छ।


सल्यान रेसाविहीन अदुवा उत्पादनमा प्रख्यात मानिन्छ। रेसा नभएको बोसे जातको अदुवा बढी उत्पादन हुने भएकाले यहाँबाट बर्सेनि करोडौँको अदुवा जिल्ला बाहिर जाने गर्दछ।

tahakhabar बाट

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support