by ठूलाचेक्मि अप्डेट
December 9th 2019.

२३ मंसिर, गुल्मी- परिवारबाट बिभिन्न कारणले हेला वा साहारा गर्ने मान्छे नै नभएपछि बृद्ध आश्रममा बस्दै आएका बृद्धहरुलाई सहयोग गरिएको छ । जब मान्छे काम गर्न सक्देन तब उसलाई हेरचाह गर्ने मान्छे आबश्यक पर्दछ ।
तर त्यस्तो आबस्थामा सहयोग गर्ने मान्छे नै नभएपछि आश्रयस्थलमा बसेका बृद्धहरुलाई निजि क्षेत्रको सहयोगबाटै आश्रय स्थलमा बस्दै आएका छन् । गुल्मीको रुरुक्षेत्र रिडी आश्रममा रहेका वृद्धवृद्धाहरुलाई चिन्तामणी भुसल निमकला प्रतिष्ठान परिवारले न्यानो कपड़ा वितरण गरेका छन् ।


जिल्लाको रुरु क्षेत्र गाउँपालिका वडा नम्बर–१ रिडी स्थित वृद्ध आश्रममा बस्दै आएका ४५ जना बृद्धहरुलाई गुल्मी सदरमुकाम तम्घासमा रहेका चिन्तामणी भुसल निमकला प्रतिष्ठानले न्यानो कपडासँगै खाध्यन्न सामाग्री बितरण गरेको हो ।
रुरु क्षेत्र स्थित २ वटा आश्रय स्थलमा बस्दै आएका बृद्ध महिलाहरुलाई सामुहिक रुपमा जम्मा गरेर प्रतिष्ठनका सदस्य नन्दराम भुसाल, डिल्लीराज भुसाल र बालकृष्ण भुसालले हस्तातरण गरेका हुन् । घर परिवारबाट हेला भएका र बिभिन्न कारणले आश्रय स्थलमा बस्दै आएकाहरुलाई सहयोग गर्ने उदेश्यले न्यानो कपडा र खाध्यन्न सामाग्री हस्तातरण गरेको चिन्तामणी भुसल निमकला प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले बृद्धहरुलाई ओडनको निम्ति बलाङकेट, खाध्यन्न सामाग्री र नगद पनि प्रदान गरिएको थियो । चिसोमा बृद्धहरुलाई बस्न खानको निम्ति सहजहोस भन्ने उदेश्यले न्यानो कपडा बितरण गरिएको प्रतिष्ठानका सदस्य डिल्लीराज भुसालले बताउनु भयो ।
रुरु क्षेत्रमा रहेका २ वटा आश्रय स्थल मानब कल्याण बृद्धा आश्रममा १५ जना र रिषीकेश मन्दीर आश्रममा ३० जना बृद्ध महिलाहरु बस्दै आएका छन् । आश्रम स्थलमा ५० वर्ष पहिले देखि नै बस्दै आएको बृद्धहरु रहेका छन् ।
आश्रय स्थलमा रहेका बृद्धाहरुले निजि क्षेत्रबाट गरिएका बिभिन्न सहयोगबाट खाने बस्ने गर्दै आएका छन् । बृद्धहरुले सहयोग गरेमा सहयोगी संस्थालाई धन्यवाद दिएका थिए । मानव सेवा नै धर्म रहेकाले सहयोग गर्ने सहयोगीहरुको उज्जवल भबिश्यको कामना समेत गरेका थिए ।

न्योनो कपडासँगै खाध्यन्न पाउदा बृद्धहरु खुसी भएका थिए । आश्रय स्थलमा बस्ने बृद्धहरु आफ्नो लागि आफै पकाएर खाने र नसक्नेले अरु बृद्धहरुको सहयोगबाट दैनिकी बिताउदै आएका छन् ।
आश्रय स्थलमा ९० वर्षसम्मका बृद्धहरु बस्दै आएका छन् । रिडी क्षेत्रमा अधिकांश बृद्ध महिलाहरु बस्दै आएका छन् । दिनभर मन्दीरमा भजन कृतन गरेर समय बिताउदै आएका बृद्धहरुले परिवार सम्झीदा भकानिने गर्दछन् ।
आश्रमय स्थलमा बिशेष गरि परिवारबाट हेला भएका, बच्च बच्ची नभएका, अपांग, असाय बृद्धहरु बस्दै आएका छन् ।

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support