by ठूलाचेक्मि अप्डेट
December 11th 2019.

२५ मंसिर, गुल्मी । गुल्मी प्रहरीले हराएको रु १ लाख नगद फेला पारि बुझाएको छ । जिल्लाको सदरमुकाम तम्घास निवासी केशवराज आचार्यको हराएको रु १ लाख नगद प्रहरीले फेला पारि एक कार्यक्रमका बिच बुझाएको हो ।

प्रहरीले फेला पारेको रकम गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सम्बन्धीत व्यक्तिलाई हस्तातरण गरेका हुन् । आचार्यले सोमबार तम्घासको क्याम्पस रोड स्थित निलगिरि मोबाइल पसल अगाडीबाट हराएको प्रहरी कहाँ बताएका थिए ।

प्रहरी निरीक्षक चुडामणि पुनको नेतृत्वमा खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय र जिल्ला हुलाक कार्यालयको निगरानीमा रहेको सिसीटिभीको आधारमा अनुसन्धान गरि उक्त रकम फेला परेर सम्बन्धी व्यक्तिलाई हस्तातरण गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेले बताए । रकम फेला पर्नुमा सहयोग गर्ने तम्घासमा अध्ययनरत बिद्यार्थीहरु भावना पोखरेल सहितका २ जना बिद्यार्थीहरुको सहयोगमा उक्त रकम फेला पार्न सफल भएको प्रहरीले जनाएको छ ।

आचार्यले रकम फेला पार्न सहयोग गर्ने बिद्यार्थीलाई नगद समेत दिएका थिए । जिल्ला सदरमुकाम तम्घासमा हुनसक्ने अपराधी एबम् चोरी लगायतका क्रियाकलापको निगरानी गर्न बजारमै सिसीटिभी राखिएको छ ।

बजारका अति व्यस्त १ दर्जन स्थानहरु पहिलो चरणमा सिसीटिभी राखिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला प्रशासन कार्यालय गुल्मीको सक्रियतामा सिसी टिभी राखिएको थियो ।

सिसी टिभी मार्फत रकम फेला पार्न सफल भएकोमा प्रहरी र फेला पार्न सहयोग गर्ने बिद्यार्थीलाई प्रमुख जिल्ला अधिकारी निरौलाले धन्यवाद समेत दिए । उनले कुनै पनि अपराधी क्रियाकलापहरु नघटनु भनेर तम्घास बजारमे सिसीटिभी राख्ने कार्य भएको बताए ।


ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support