by ठूलाचेक्मि अप्डेट
December 22nd 2019.

मालारानी गाउँपालिका वडा नम्वर ३ का अध्यक्ष शोभाखर खनालले आफ्नो जन्म दिनको अबसरमा विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री वितरण गर्नु भएको छ । खनदहको कुनाखर्कमा रहेको नवज्योती आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाइ स्टेशनरी सामाग्री प्रदान गर्नु भएको हो । स्टेशनरी सामाग्रीका साथै विपन्न परिवारका सबिता खनाल, समिर खनाल र अनिसा खनाललाइ प्रोत्साहन स्वरुप पाँच पाँच सय रुपैया पनि प्रदान गर्नु भएको छ ।

उप निर्वाचनमा नेपाली कांग्रेसबाट विजेता बनेका खनालले विद्यार्थीहरुलाई स्टेशनरी प्रदान गर्दै विद्यालयमा खानेपानीको व्यवस्था गर्ने , फिल्ड निर्माण गर्ने जस्ता कार्य गरी विद्यालयलाई नमुना बनाउन आफु लागि पर्ने बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुविराम खनालको अध्यक्षतामा र प्रधनाध्यापक लुमबहादुर पहराइको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक ज्ञानिराम गौतम, नेपाली कांग्रेसका वडा उपसभापति दुर्गा खनाल, संगठन विभाग सदस्य कृष्ण गौतम, तरुण दलका केन्द्रिय प्रतिनिधि रमेश सुनार, हिरामणी खनाल लगायतले मन्तब्य राख्नु भएको थियो ।

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support