Select a date and time slot to book an Appointment
Date Of Appointment
गुल्मीमा जिप दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ। गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु. १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना हुँदा एक महिलाको मृत्यु हुनुका साथै चारजना घाइते भएका हुन्।
मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ सिंदीकी ६८ वर्षीया ललिति सिंजालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए। घाइतेहरूमा २३ वर्षीया साजन राहदी, २२ वर्षीय देवबहादुर विक, २३ वर्षीय अनिल विक र ७ वर्षीय वीरेन्द्र सिंजाली रहेको घलेले बताए।
दुर्घटनापछि चालक कपिल विक फरार रहेको रहेका छन्। घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको घलेले जानकारी दिए। जिप सडकदेखि करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको घलेले बताए।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support