Select a date and time slot to book an Appointment
Date Of Appointment
स्वामी शशिधरकै पहिले गोठघर र पछि घरवासस्थल अर्घाखाँची जिल्लाको मालारानी गा.पा.स्थित बामरुकमा जन्मेहुर्केका कवि कुलचन्द्र मरासिनीको खण्डकाव्य "शारदा"को लोकार्पण तथा समीक्षा धनञ्जय गोत्री मरासिनी कुलपूजाको सन्दर्भ पारेर स्वामी शशिधर स्मृति प्रतिष्ठान बुटवल-१४ पदमपुरमा २०७६ मंसिर २६ गते देवाली पूर्णिमाका दिन सम्पन्न भयो ।
अधिवक्ता गोविन्द प्रसाद मरासिनीको अध्यक्षता र लक्ष्मी नारायण मरासिनीको सञ्चालनमा भाको कार्यक्रममा सो कृतिको समीक्षा, मरासिनी कुलनक्षत्रहरूको योगदान र वंशावली विषयमा राजेन्द्रकुमार आचार्यबाट तथा थप समीक्षा मोहन मरासिनीबाट भयो ।
बर्दियादेखि काठमाँडौसम्मका पुरुष र नारी बन्धुहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा कुलपूजा र प्रसाद वितरण पश्चात् आजीवन सदस्यहरूलाई प्रमाणपत्र अर्पण भयो ।
आफ्नै जग्गा र निर्माणाधीन भवन रहेको यस प्रतिष्ठानको भवन सम्पन्न गर्न दाताहरूबाट पौने तीनलाख चन्दा उठ्यो ।
स्वामी शशिधर स्मृति ग्रन्थ प्रकाशनार्थ निम्नलिखित समिति गठन भयो ।
अध्यक्षः मोहन मरासिनी
सदस्यह्ररु कुलचन्द्र मरासिनी, शान्ता खनाल मरासिनी, बिष्णु प्रसाद मरासिनी, हिमा मरासिनी र सदस्य सचिव मनोज मरासिनी तथा सल्लाहकारह्ररु वासुदेव मरासिनी, राजेन्द्रकुमार आचार्य, नीलकण्ठ मरासिनी समेतको समिति गठन भयो ।
अधिवक्ता गोविन्द प्रसाद मरासिनीकै अध्यक्षतामा नयाँ कार्य समिति पनि निर्माण गरियो, जसमा अध्यक्ष अधिवक्ता गोविन्द प्रसाद मरासिनी, उपाध्यक्ष बाबुराम मरासिनी, सचिव लक्ष्मी नारायण कोषाध्यक्ष गोबिन्द प्रसाद मरासिनी,सहसचिव लक्ष्मण मरासिनी, सदस्यहरुमा अनन्तपाणी मरासिनी, डिल्लीराज मरासिनी, टंकनाथ मरासिनी, शान्ता खनाल मरासिनी, ज्ञानकुमारी मरासिनी र सिता मरासिनी समेतको समिति गठन गरियो ।
शाकाहारी विधिले दुधधारा दिएर गरिएकाले कुलपूजा अरू कुलहरूका लागि पनि अनुकरणीय रह्यो ।
दैलेखको मडासैनबाट पूर्व सरेपछि सुरुमा मडासैनी र क्रमशः मरासैनीहुँदै अहिले मरासिनी कहलिएको कुरा मूलरूपमा स्थापित भैसकेको छ । त्यहाँ छँदासम्म जुम्लाको रिजुबाट आएकाले रिजु+वाल--रिजाल भनिन्थो ।
पूर्व सरेपछि सोध्नेले/तालुकदार/लेखनदासले " कहाँदेखि आयौ ?" भन्दा " मडासैनबाट " भन्ने जवाफ आएका आधारमा "मडासैनी " भनिदिए/
लेखिएपछि यो रिजाल थर उनको इच्छा विपरीत/खेलखेलमा सरासिनीमा परिणत हुनपुगेको देखिन्छ ।
धन्न कतिपय चुँदाली, फुल्लेल आदिले झैँ थर बदल्ने चाहना राखेनन् मरासिनी थरले किनभने यसमा गौरवशाली व्यक्तिहरू भए ।
मडासैन पुर्ख्यौली थलो भको सूचना खाँचीका वीरेन्द्र शाहबाट प्राप्त हस्तलिखित ऐतिहासिक सामग्री र स्थलगत अवलोकनको आधारमा राजेन्द्रकुमार आचार्यबाट (२०६१ मा विवेक सिर्जनशील प्रकाशनले)प्रकाशित "केन्द्रीय नेपाली शब्दकोश" मा छ ।
यो कुरा सर्वप्रथम राजेन्द्रकुमार आचार्यबाट नक्सा समेत बनाएर स्थलगत अध्ययन गर्न जाने चेक्मीका अम्बिकाप्रसाद उपाध्याय मरासिनी, सर्वप्रथम त्यस क्षेत्रका धनन्जय गोत्री मरासिनीको वंशावली निकालेका सम्पादक ज्ञानराज मरासिनी(अत्रकाँडा, हालः तमघास)को संकलनमा र पछिल्लो वासुदेव मरासिनी समेतको सम्पादनमा झण्डै सबैलाई समेटेर निस्केको २०७१ को ठुलो वंशावलीमा पनि छुटेको देखिन्छ । यसो हुनु अम्बिकाले भुलेर/स्रोत खुलाइनु पर्छ भन्ने जानकारी नभएर तथा अरूले सामग्री हेर्न नपाएर हुनसक्छ ।
तथापि, मरासिनी कसरी ? भन्नेबारे मतैक्य देखिनु खुसीको कुरा हो ।
Gobinda prasad marasini को फेस्बुक वाल बाट
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support