by ठूलाचेक्मि अप्डेट
December 21st 2019.

भारतले नेपालको सिमा मिचेर जारी गरेको नक्साको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले मसाल जुलुस सहित प्रदर्शन गरेको छ ।
लिम्पीयाधुरा, कालापानी, लिपुलेक लगायतका स्थानहरु समेटेर भारतले नक्सा सार्वजनिक गरेको भन्दै राष्ट्रिय जनमोर्चाले मसाल जुलुस सहित प्रदर्शन गरेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसीले बताए । ‘भारतको हेपाहा प्रवृत्ती सहन सकिदैन, उनले भने,‘ सरकारले पनी उचित कदम चाल्न खुट्टा कमायो ।’

‘भारतीय विस्तारवाद मुर्दाबाद’, ‘सिमा मिच्न पाइदैन’, ‘संघियता खारेज गर’ लगायतका नारा लगाउदै चुत्राबेसीबाट शुरु भएको मसाल जुलुस सहितको प्रदर्शन चुत्राबेसी र सन्धिखर्कका विभिन्न क्षेत्र परिक्रमा गर्दै शान्ती बगैंचामा गएर कोणसभामा परिणत भएको थियो ।
पछिलो कानून अनुसार विरोध प्रदर्शनमा मसाल जुलुस प्रदर्शन गर्न नपाइने भएपनि मसाल जुलुस सहितको प्रदर्शनका बारेमा प्रहरीले सुइँको पनि पाउन सकेन । अन्तिममा कोणसभामा आएर प्रहरीले राँकोहरु निभाएको थियो ।

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support