Select a date and time slot to book an Appointment
Date Of Appointment
इटहरी । इटहरी उपमहानगरले वाख्रा पालक कृषकलाई वोयर जातका उन्नत वोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले एक कार्यक्रमका विच नेपालमै उन्नत मानिने वोलर जातका १४ वटा वोका वितरण गर्नुभएको हो । करिव १० लाखको लागतमा चितवनवाट ल्याएर वोका वितरण गरिएको हो ।
प्रति वोका ५० हजार उपमहानगरको अनुदान र थप रकम कृषकको लगानी रहेको इटहरी उपमहानगर पशुपंक्षि विकास शाखा प्रमुख दुर्गा वहादुर श्रेष्ठले बताए । कृषकहरुलाई वोका वितरण कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर वनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर वनाउन उन्नत जातका वोका वितरण गरिएको बताए । उनले कृषि क्षेत्रको ब्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताए
वडा नम्वर १७ का अध्यक्ष भगवान लाल साहुले अव धान र गहँु खेति गरेर मात्र नहुने कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । इटहरी वोयर वाख्रा पालन समूहका अध्यक्ष राजु वस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका वोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए । सवैभन्दा नजिकको सरकारले यसरी कृषकलाई प्रोत्साहन गरेमा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
sancharpati.com बाट
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support