Select a date and time slot to book an Appointment
Date Of Appointment
गुल्मीको सदरमुकाम रेसुङ्गा देखि प्यूठानका महत्वपूर्ण धार्मिक स्थललाई जोड्ने गरि निर्माण हुन लागेको सडक कालोपत्रे गर्न शुरु भएको छ ।
तम्घास–खाम्सेपानी–नयाँगाउँ–नादी–सुरेटारी– नेटाखर्क–पूर्कोट–छिर्ने–घ्यूपानी–पटौटी–प्यूठान सडक संघीय सरकारको बहुबर्षे आयोजना अन्तर्गत कालोपत्रे गर्न शुरु गरिएको हो ।
करिब ४२ करोड १९ बजेटमा तीनवटा ठेक्कामार्फत सडक कालोपत्रे र स्तरोन्नती गर्न शुरु भएकोे सडक डिभिजन कार्यालय शिवपुरका ईन्जिनियर नारायण पन्थीले बताए ।
त्यसमध्ये गुल्मीको सदरमुकाम तम्घास देखि सिस्नेखोला ३ किलोमिटर र सिस्नेखोला–सुपाखोला १.७ किलोमिटर र सुपाखोला देखि अगाडी २ किलोमिटर खण्डमा कालोपत्रे शुरु भएको पन्थीले बताए ।
सुपाखोला नादी खण्डमा ट्रयाक खोल्ने र ग्राभेलको काम पनि यसैवर्ष हुने उनको भनाई छ । ‘यो वर्षको बजेटबाट बाँकी रह्यो भने नादी देखि नयाँगाउँतर्फको भाग पनि काम गर्ने योजना छ’, पन्थीले भने ।
नाली सहित ८ मिटर चौडा हुने सडकको ५ मिटर कालोपत्रे हुने छ । करिब ३ वर्ष अघि तम्घास सिमलटारी सडक आयोजनाले ठेक्का प्रकृया शुरु गरेपनि निर्माण व्यवसायीले समयमै काम नगरेका कारण ढिला भएको थियो ।
पछि सडक डिभिजन कार्यालय शिवपुर, कपिलबस्तुले उक्त सडक हेर्न थालेपछि काम शुरु भएको हो ।
शुरुमा तत्कालिन अर्खले गाविसको बालकाटे, चेक्मी लगायतका जनतालाई सदरमुकाम पुग्ने गोरेटेको रुपमा खन्न शुरु गरिएको सो बाटो अहिले २ जिल्ला जोड्ने सडक बनेको हो ।
बाँदर लड्ने केँकुली भिरको चट्टान काटेर पक्की मोटरबाटो बनेपछि स्थानीय खुसी भएका छन् ।
अर्खले गाविसका पूर्व अध्यक्ष रघुनाथ मरासिनी तथा गोपाल प्रसाद मरासिनीले गोरेटोको रुपमा खन्न शुरु गरेका थिए । पछि नेपाली काँग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीको पहलमा गुल्मी–प्युठान जोड्ने बहुवर्षे सडक निर्माण शुरु भएको हो ।
भिरलाई अहिलेको पक्की सडकको रुपमा निर्माण गर्न ठूलो संघर्ष गर्नुपरेको पन्थीले बताए । ‘हामीले सडकका लागि प्रस्ताव राख्दा पनि उपलब्धि नहुने ठाउँमा अनावस्यक खर्च भनेर पञ्छिने अवस्था थियो’, पन्थीले भने ‘कसैले कल्पना नगरेको ठाउँमा त्यतिधेरै चट्टान काटेर पक्की मोटरबाटो बनाउँदा पाउँदा जीवनमा सबैभन्दा धेरै खुसीको अनुभूति भएको छ ।’
गुल्मी जिल्लाबाट बहुवर्षे सडकको रुपमा स्विकृत भएका तीन सडक मध्ये उक्त सडक २०७० सालमा जिल्लाको पहिलो बहुवर्षे आयोजनाको रुपमा शुरु भएको थियो ।
सडक निर्माणको क्रममा कडा चट्टान मेसिनले काट्न नसकेर पल्टेपछि नेपाली सेनाबाट विष्फोट गराउने योजना बनेको पन्थीको भनाई छ । ‘बालकृष्ण खाँड रक्षामन्त्री हुँदा ७२ दिन काठमाडौंमा बसेर चट्टान फुटाउन नेपाली सेनाले विष्फोट गराउने योजना स्विकृत भएको हो’ उनले भने ।
सो सडकलाई क्षेत्रीय पर्यटकीय सडक बनाउने कुरामा तत्कालिन योजना आयोगका सचिव युवराज भुसाल, तत्कालिन भौतिक सचिव तुलसी सिटौला, स्थानीय विकास अधिकारी डिलाराम पन्थी लगायतको महत्वपूर्ण योगदान रहेको छ । पछि तत्कालिन सांसद चन्द्र भण्डारी, रघुनाथ मरासिनी, गोपाल विक लगायतको महत्वपूर्ण सहयोग रहेको पन्थीको भनाई छ ।
तम्घासदेखि पटौटीसम्म गुल्मी खण्डमा ३५ किलोमिटर रहेको उक्त सडकको विभिन्न खण्डका लागि करिब ६५ करोड बजेट रहेको छ ।
त्यसमध्ये तम्घासदेखि सिस्नेखोलासम्म ७ किलोमिटर सडक कालोपत्रे गर्नका लागि यो वर्ष ११ करोड ३३ लाख बजेट छ । त्यस्तै सिस्नेखोलादेखि सुपाखोलासम्म २३ किलोमिटर सडक ग्राभेल र बाँकी ट्रयाक खोल्ने कार्यक्रम रहेको छ । ८ मिटर चौडा रहेको उक्त सडकको साढे ५ मिटरमा पिच भएको आयोजनाले जानकारी दिएको छ ।
उक्त सडकलाई रेसुङ्गा – स्वर्गद्वारी जोड्ने सडकको रुपमा विकास गरिने काँग्रेस सचिव पन्थीले बताए ।
aajakoartha.com बाट
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support