by ठूलाचेक्मि अप्डेट
November 26th 2019.

गुल्मी, १० मंसिर । कुनै पनि नयाँ योजनाको उद्घाटन कतिबेला गरिन्छ ? योजना सम्पन्न भइसकेपछि, प्रयोगमा आउनुपुर्व । आजकाल उच्च ओहोदाको व्यक्तिले कुनै पनि योजनाको उद्घाटन गर्ने अर्थात रिबन काट्नेको प्रतिस्पर्धा नै हुने गर्दछ ।

त्यसैको पछील्लो उदाहरण बनेको छ, रेसुङ्गा नगरपालिका वडा नम्बर ७ उनायचौरको ‘ट्रि हाउस’ अर्थात रुख घर । सर्वसाधारणका लागि खुल्ला गर्नुपुर्व नै उद्घाटन हुनुपर्ने उक्त ट्रि हाउसको भने २० हजार दर्शकको अवलोकनपछि मात्र उद्घाटन गरिएको छ । गत जेठ ११ गतेबाट सुरु भएको ट्रि हाउस निर्माण कार्य भदौ ११ गते सम्पन्न भएको थियो । निर्माण कार्य सम्पन्न भएदेखि नै आम नागरिकको लागि खुल्ला गरिएको उक्त ट्रि हाउसको ५ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरीले तीन महिनापछि मंसिर ७ गते मात्रै उद्घाटन गरे ।

नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेले आफ्नो नाम र काम मिडियामा आउने भएकोले भिआइपी मन्त्रीहरुले प्रयोगमा आइसकेका संरचना उद्घाटन गर्ने आरोप लगाए । ‘एकातर्फ भिआइपी जनप्रतिनिधिलाई मिडियामा छाउने रहर छ, भने स्थानीय कार्यक्रतालाई पनि त्यसको जस लिने प्रतिस्पर्धा छ ।’ उनले भने, ‘प्रयोगमा आइसकेको संरचना मन्त्रीकै हातबाट उद्घाटन गराउनु प्रतिष्ठाले नसुहाउने विषय हो ।’

मुख्यमन्त्री आउदा समेत उद्घाटन नभएको तर प्रयोगमा आइसकेको योजना तीन महिनापछि उद्घाटन गराउदाँ मन्त्री पद नै हलुका भएको उनले बताए । यससम्बन्धमा रेसुङ्गा नगरपालिका ७ का वडाध्यक्ष मोहन प्रसाद पाण्डेले योजना निर्माण सम्पन्न भएलगत्तै ठुलो सङ्ख्यामा मानिसहरु जान थालेकोले सर्वसाधारणको लागि खुल्ला गरेको प्रतिक्रिया दिए । त्यसका साथै उनले दसैँ, तिहार जस्ता चाडपर्व आएको र मन्त्रीको समय नमिलेको कारणले पनि उद्घाटनमा ढिलाई भएको बताए ।

उनायचौर भगवती मन्दिर व्यवस्थापन समितिले ५ नम्बर प्रदेशको उद्योग, वन तथा पर्यटन मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय गुल्मी र उपभोक्ताको गरि १३ लाख ३८ हजार नौ सय ११ रुपैयाँ लगानीमा रुखको टुप्पामा घर निर्माण गरेको हो । ४२ फुट अग्लो रुखको टुप्पामा १० जना मान्छे बस्न मिल्ने घर निर्माण गरिएको छ । रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनु पर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । ‘ट्री हाउस’ मा चढ्न टिकटस्वरुप विद्यार्थीलाई १० रुपैयाँ, अन्यलाई २० र ज्येष्ठ नागरिकलाई निःशुल्क व्यवस्था गरिएको छ ।

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support