by ठूलाचेक्मि अप्डेट
November 25th 2019.

गुल्मी, ९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह केही दिनको निजी भ्रमणको क्रममा गुल्मी सहित प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको पुग्नु हुने भएको छ ।

यस क्रम पूर्व राजा शाह आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उहाँका निजी सचिव फणि पाठकले जानकारी दिनुभएको न्युज24 ले खबर छापेको छ । पूर्व राजा शाह भैरहवालाई मुकाम कायम गरेर गुल्मी सहित प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा र अर्घाखाँची जाने तयारी भइरहेको पनि बताइएको छ ।

भ्रमणका क्रममा उहाँले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पनि पुग्नु हुने छ । भ्रमण कति दिनको हुने भन्ने विषयमा केही खुलाइएको छैन ।


ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support