Select a date and time slot to book an Appointment
Date Of Appointment
सिरहा । ईलाका प्रहरी मिर्चैयाले अन्य धातुमा सुनको जलप लगाई विक्रि वितरण गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन् । गत मंसिर २७ गते अन्य धातुमा सुनको जलप लगाई विक्रि वितरण गरि ठगी गरेको आरोपमा उजुरी परेपछि पक्राउ परेका हुन् ।
मिर्चौया नगरपालिका वडा न.६ को राधाकृष्ण ज्वलर्सका संचालक देवकृष्ण शाह र शिव ज्वलर्सका संचालक सन्तोष महतोले ठगी गरेको आरोपमा जाहेरी दिएपछि कुलदिप कुमार गडेरी र प्रदिप साहलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक(इन्स्पेक्टर) दिनेश गौतमले बताए ।
उक्त ज्वलर्सहरुमा साह र गडेरी आई चाँदीको बाला खरिद गरी सुनको हनुमानको लकेट दिई बढी भएको पैसा समेत लगेको गएपछि ज्वलर्समा सुन चेक जाँच गर्ने क्रममा सुनको जलप लगाई ठगी गरेको खुलेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक (इन्स्पेक्टर) दिनेश गौतमले बताए ।
धनुषाको साविक बरमझिया गाविस वडा न. ३ भई हाल गणेशमान चारनाथ नगरपालिका वडा न. ९ बस्दै आएका ३० वर्षीय कुलदिप कुमार गडेरी र धनुषाको साविक मखनाहा गाविस वडा न. ४ निबासी हाल सवैला नगरपालिका वडा न.१० निबासी २५ वर्षीय प्रदिप साहलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको ईलाका प्रहरी मिर्चैयाका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवाले बताए ।
जैसवाले भने जिल्लाको अन्य ठाउँमा पनि यस्ता कुनै घटना भएको मा प्रहरी कहाँ जाहेरी दिन आग्रह गराएको छ । कतिपय ग्रामिण भेगका जनतालाई थाहा नहुने भएकाले यस्ता विभिन्न बहानामा गठहरुले ठगी गर्ने भएकाले सवैलाई सचेत हुन आग्रह गरेका छन् ।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support