by ठूलाचेक्मि अप्डेट
December 19th 2019.

गुल्मी, ३ पुस । ओभर लोड । ओभर ट्रयाक र ओभर कन्फिडेन्स । सवारी दुर्घटनाका प्रमुख कारण । पछिल्लो पन्ध्र दिनमा मात्रै गुल्मीसहितका ठाउँमा दुखद दुर्घटना भए । थुप्रैले ज्यान गुमाए । कति जना अङ्ग–भङ्ग भएर अस्पतालको शैयामा छन् । जिल्लामा बजार विकास, सवारी साधनको बृद्धि, सडक विस्तार लगायतका कारणले सडक दुर्घटना र जोखिम बढ्दै गएका छन् । त्यसको व्यावस्थापनमा महत्वपूर्ण भुमिका निर्बाह गर्ने टा«फिक प्रहरीको दरबन्दी भने जिल्लामै नौ जना रहेको छ । अहिले जिल्लाका जिल्ला ट्राफिक प्रहरी कार्यालय र तीन अस्थायी पोष्ट छन् ।

जिल्लामा जम्मा नौ जना ट्राफिक प्रहरीको दरबन्दी रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा सात र अस्थायी ट्राफिक प्रहरी पोष्ट रिडीमा दुई, श्रृङ्गामा दुई र जुहाङ्गमा दुई गरि १३ जना कार्यरत रहेको ट्राफिक प्रहरी सहायक निरिक्षक चुरामणी अधिकारीले बताए । दरबन्दी बाहेका अरु कागजमा खटिएका छन् । गाडीको चाप र बजारीकरणका हिसावले यो दरबन्दी अत्यन्तै न्यून भएको अधिकारीले बताए । उनले अहिलेका बाहेक वामी, सिमलटारी, पुर्कोट, मजुवा, भुवाचिदी लगायतका बजारमा नयाँ पोष्ट आवश्यक रहेकाले जनशक्तिका कारण समस्या भएको बताए ।

चालक ट्राफिक छल्न उद्धत

सदरमुकामबाट पश्चिम जाँदा जो कोहिलाई गाउँबाट आउने चालकले सोध्ने प्रश्न । ट्राफिक कहाँ छ ? ट्राफिकको लोकेशन बुझ्न चालक–चालक र चाकल–होटेलबिच दैनिक सुचना आदान–प्रदान हुन्छ । चालकले चेक प्वाइन्ट नआउँदै यात्रु ओरालेर समेत प्रहरीको आँखा छल्ने गर्दछन् । ट्राफिकको आँखा छल्न पाए अहिले पनि प्राइभेट वा सार्वजनिक सवारी साधनले क्षमताभन्दा तेब्बर यात्रु बोक्छन् । भने पछिल्लो समय सार्वजनिक सवारी साधनले भन्दा प्राइभेट गाडीेले यात्रु ओसार–पसार गरिरहेका छन् ।

भर्खरै बाग्लुङ्गको बडिगाढ गाउँपालिका ७ मा दुर्घटना भएको जिपले पनि सुरुमा २४ जना राखेर हिडेको थियो । पौदी अमराई प्रहरीचौकी छले पनि खार प्रहरीचौकीले ८ जना झारेको थियो । त्यहि पनि १२ जनाको क्षमता भएको जिपमा १७ जना सवारनै थिए । केहिछिनमै दुर्घटनामा प¥यो । ‘रातो नम्बर प्लेट पारिवारीक मात्रै भएकाले यात्रु बोके गैरकानुनी हुन्छ,’ट्राफिक प्रमुख प्रविण आचार्यले भने,‘दुर्घटना भए यात्रु थप जोखिमा पर्छ ।’ उनले नागरिक समुदाय र चालक आफै सचेत नभएसम्म चोर प्रवृति अन्त्य गर्न प्रहरी एक्लैले नसक्ने बताए ।

बर्षौ चिट र चेकिङ्ग

गुल्मीमा प्रत्येक बर्ष सवारी साधन बढ्दै छन् । कारबाही पनि रोकिएको छैन । प्रहरीको चेकिङ्ग स्र्पोट र कति तिर्ने, चालकलाई कठस्थ छ । यो बर्षौको प्रवृति हो । जसका कारण सवारी नियम उल्ङघन गर्ने दर घट्दै गएको छैन् । ‘ट्राफिक बाटोमा जरिवानाको रसिद लिएर बस्ने र चालक आएर निश्चीत जरिवाना तिर्ने पुरानो प्रवृति कायम छ,’नेविसंघका नेता रोशनसिंह ठकुरीले भने,‘ सवारी कारबाही न्यूनिकरणमा सम्बन्धित निकाय कर्मकाण्डी मात्रै भए ।’ रसिद काटेरै दैनिक उम्कने प्रवृतिले कहिल्यै सवारी नियम उल्ङघन दर नघट्ने उनको भनाई छ ।

व्यस्त शहर, साँघुरा सडक

सदरमुकाम तम्घासको जनसंख्या धेरै छ । गाउँ र बजारका सडक अत्यन्तै साँघुरो छन् । त्यसैमाथी निर्माण सामग्री र लोड अनलोडले दैनिक दुई÷तीन पटक ठुलै जाम हुने गरेको छ । कार्यालय र बिद्यालय समयमा सामान लोड–अनलोड गर्न नपाउने सम्झौता समेत जिल्ला प्रशासन कार्यालयमा गरिएको छ । त्यति मात्रै नभएर रेसुङ्गा नगरपालिकाले ‘नो पार्किङ’ को नीति समेत पारित गरेको थियो । तर प्रशासनको सम्झौता र नगरपालिकाको निर्णय अलपत्र परेको छ । ‘साँघुरो सडकनै प्रमुख समस्या हो, ठुला साहुकै पसल अगाडी जाम भएका छन्, सचेतले समेत टेर्दैनन,’वर्कसप संचालक भेषराज पन्थीले भने,‘निर्णय कार्यान्वयनमै कडाई भएन् ।’ बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवंरले गाउँमा अनावश्यक मापदण्ड बिपरित खनिएका सडक पनि दुर्घटनाको कारण भएको बताए । साथै उनले गल्ती गर्ने चालकहरुलाई दण्ड र राम्रो गर्नेलाई पुरस्कारको व्यावस्था गर्नुपर्नेमा जोड दिए ।

सवारी कारबाही र राजश्वमा बृद्धि

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका अनुसार सवारी कारबाही र राजश्व संकलन बृद्धि भएको छ । यो आर्थिक बर्षको चार महिनामा मात्रै आठ सय ९५ सवारी कारबाहीमा परेका छन् । भने १३ लाख ८३ हजार पाँच सय राजश्व संकलन भएको छ । आर्थिक बर्ष ०७३÷०७४ देखि ०७५÷०७६ सालसम्म १६ हजार पाँच सय चार सवारी साधन कारबाहीमा परेका छन् । भने तीन बर्षमा एक करोड १५ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार देवी पौडेलले जानकारी दिए । आर्थिक बर्ष ०७४÷०७५ मा १९ दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाए । त्यस्तै आर्थिक बर्ष ०७५÷०७६ मा २९ दुर्घटनामा १९ र यो आर्थिक बर्षको कार्तिकसम्म १० दुर्घटनामा सात जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी प्रमुख प्रविण आचार्यले बताए ।

सडक दुर्घटनाप्रति सरोकारवालाको चासो

देशसंगै गुल्मीमा सडक दुर्घटना बढ्न थालेपछि सरोकारवालाले चासो दिन थालेका छन् । गुल्मी उद्योग बाणिज्य संघका महासचिव ताराप्रसाद भुसालले ट्राफिकले राजश्व संकलनलाई प्राथमिकता नदिएर क्षमता भन्दा बढी यात्रु राख्ने सावरी र चालकलाई नियन्त्रण लिन सुझाव दिए । ‘रसिद काट्ने प्रबृतिले मात्रै पुग्दैन, एक हजार तिरेपछि छुट पाइने भएकाले समस्या जस्ताको त्यस्तै रह्यो,’भुसालले भने,‘कडा कारबाही र गम्भीर बनौ ।’ उनले ट्राफिक प्रहरीको दरबन्दी अत्यन्तै न्यून भएकाले बढाउनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले सानो–सानो लापरबाहीले पनि दुर्घटना भएकाले चालक र व्यावसायीलाई तालिम आवश्यक रहेको बताए । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले सवै पक्षको सहयोग नभई ट्राफिक प्रहरीले मात्रै दुर्घटना न्यूनिकरण गर्न नसक्ने बताए । नेपाली काङ्ग्रेसका सभापति भुवन प्रसाद श्रेष्ठले ट्राफिक नियम उल्लघंन गर्नेलाई पार्टीका नेताहरुले संरक्षण नगरेर अनुसन्धानमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताए ।

सरोकारवालाका प्रतिवद्धता

केहि दिन अघि स्थानीय तहका प्रमुख, प्रहरी प्रशासन, चालक र व्यावसायीहरुबिच दुर्घटना न्यूनिकरण गर्ने प्रतिवद्धता समेत गरेका छन् । जसमा रुट परमीट नलिएका कुनैपनि प्रकारका सवारी साधनहरुको संचालनमा पूर्ण रोक लगाउने, घुम्ति बाटोहरुमा सवारी साधन पार्किङ्ग नगराउने, सडकहरुमा राखिएका जथाभावी निर्माण सामग्री र छाडा चौपायाहरुलाई नियन्त्रण गर्ने प्रतिबद्धता गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको सहयोगमा गाउँ, समुदाय र विद्यालय स्तरमा ट्राफिक चेतनामुलक कार्यक्रम संचालन गर्ने प्रतिद्धता गरिएको छ । ट्राफिक नियमको पूर्ण पालना गर्दै छत्रमा यात्रु नराख्ने, सवारी चलाएको समयमा मोबाइल फोनको प्रयोग नगर्ने, ट्रक लगायतका ढुवानीका सवारीमा यात्रु नराख्ने, सवारीलाई आवश्यक मर्मत गरेर मात्र चलाउने प्रतिवद्धता गरिएको निरौलाले जानकारी दिए ।

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support