Select a date and time slot to book an Appointment
Date Of Appointment
०८ मंसिर
बडिगाड बागलुङ
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुस्पकमल दाहाल प्रचण्डले नेपालको भूमि कसैको लागि एक इन्च पनि छोड्न नसकिने बताउनु भएको छ। उपनिर्वाचनको सन्दर्भमा चुनावी सभालाई सम्बोधन गर्न बागलुङको बुर्तिवाङ जाने क्रममा गुल्मीको मुसिकोट नगरपालिकाको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले राष्ट्रिय एकताको सन्देश दिँदै सरकारले राजनैतिक र कुटनैतिक प्रयास सुरु गरेको बताउनु भएको छ। प्रचण्डले भन्नु भयो “कालापानी, लिपुलेक, लिपुयाधुरा महाकालि पूर्वको भुभाग नेपालहो भन्ने सुघौलि सन्धिको वेलाको मान्यताको अतिक्रम भएको छ। जुन हामिलाई मान्य छैन, हामी एक इन्च भूमि कसैलाइ छोड्न सक्दैनौ र अर्काको एक इन्च भूमि हामिलाई चाहिएको छैन।” प्रचण्डले राज्यको गुणात्मक परिवर्तन भैरहेको भन्दै नयाँ संरचना भएकोले केहि समय लागेको अव विकासमा अगाडि बढ्न लागेको बताउनु भएको छ। ७० वर्ष पछि नेपाली जनताले स्थीर सरकारको पाएको भन्दै ३ वर्षमा विकासले फट्को मार्ने बताउनु भयो। हालै पार्टिको कार्यकारी अध्यक्ष बन्नुभएका प्रचण्डले तत्कालै स्थायी समितिको बैठक वसि देश व्यापी कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगाएतको सहभागिता रहेको थियो। स्वागतको लागी मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा लगाएत पार्टी नेता कार्यकर्ताको सहभागिता रहेको थियो। आजै दिउसो अध्यक्ष प्रचण्ड, सहितका नेताले बुर्तिवाङमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support