Select a date and time slot to book an Appointment
Date Of Appointment
पाल्पा – धेरैले हावाबाट बिजुली निकाल्ने हावा गफ भने पनि पाल्पाकाे मित्यालमा भने हावाबाट निकालिएकाे बिजुलीबाट एक सय ५० घरधुरीमा बिजुली बलेकाे छ । निस्दी गाउँपालिका मित्यालमा दोस्रो पटक फेरि पनि हावाबाट बिजुली बल्न सफल भएको हाे। यसअघि निस्दी गाउँपालिकाकाे एउटा वडामा हावाबाट निकालिएकाे बिजुली प्रयाेग भएकाे थियाे ।
हावाबाट गाउँघर झिलीमिली बनेपछि यहाँका स्थानीय बासिन्दा दंग छन् । मित्यालको रुक्सेभन्ज्याङ डाँडामा दुई वटा पंखा घुमाएर उत्पादन गरेको बिजुली यहाँका १ सय ५० घरधुरी र गाउँपालिका भित्र रहेका विभिन्न सरकारी कार्यालय र विद्यालयहरू उज्याँलाे बनेकाे छ ।
वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र नेपाल र निस्दी गाउँपालिका पाल्पाको करिब २ करोड १५ लाखको संयुक्त लगानीमा बिजुली उत्पादन गरेको मित्याल सौर्य तथा वायु उर्जा उपभोक्त समितिका अध्यक्ष भुपिन्द्र सुनारीले बताउनुभयो ।
अहिले उत्पादन गरेको बिजुली मित्यालका झ्यालतुङ , रुक्सेभन्ज्याङ , काफल , मौलाथर , मित्याल बजार र विभिन्न कार्यालयहरुमा वितरण गर्दै आएको र आगामी दिनमा थप उत्पादन गर्दै यहाँका स्थानीयलाई सुबिधा दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । हावाबाट १५ किलोवाट र वायु तथा सौर्य उर्जा हाइवृद प्रणालीको १० किलोवाट गरि २५ किलोवाट क्षमताको विद्धुत उत्पादन गरेको निर्माण कम्पनी कृष्ण गृल एण्ड इन्जिनियरिङ वर्क प्रालि विराटनगरका योगेन्द्र बरालले बताउनुभयो ।
अहिले बिहान ४ बजेदेखी बेलुका १० बजेसम्म पावर वितरण गरेको र निकट दिनमै २४ सै घण्टा वितरण गर्ने समितिका उपाध्यक्ष जबर सिं सारुले बताउनुभयो । २५ किलोवाट क्षमताको हावाबाट उत्पादन गरेको बिजुली बल्न थालेपछि स्थानीय त त्यसै खुशी भएका छन अन्य कार्यालय संचालन गर्न पनि धेरै सजिलो भएको गौरीशंकर माविका प्रधानाध्यापक केश बहादुर सुनारीले खुशी व्यक्त गर्नुभयो। यसभन्दा १ बर्ष अगाडि १ हजार २ सय वाट क्षमताको हावाबाट उत्पादन गरेर चर्चमा आएको मित्याल अहिले थप चर्चमा आउने र धेरै ठाउँका मान्छेहरु हेर्न आउने गरेको स्थानीय समाजसेवी सन्तविर सुनारीले बताउनुभयो ।
झिरुबासको काउले डाँडा र मित्यालको हावाको बिजुलीले चर्चमा रहेको निस्दी गाउँपालिका पर्यटन प्रवर्द्धनमा लागिपरेको देखिन्छ ।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support