by ठूलाचेक्मि अप्डेट
December 16th 2019.

गुल्मी, मंसिर ३०। गुल्मी जिल्लामा पछिल्लो तीन वर्षमा सवारी दुर्घटना बढ्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षको अवधिमा जिल्लामा कुल ६७ सवारी साधन दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको हो । ८६ जना शक्त घाइते भएका छन् भने ६३ जना सामान्य घाइते भए। तथ्यांकअनुसार आव २०७३/०७४ मा कुल २१ सवारी साधन दुर्घटनामा परेका छन्। जसमा ११ जनाले ज्यान गुमाए। २६ जना शक्त घाइते तथा १६ जना सामान्य घाइते भए ।

त्यस वर्ष दुई ट्रक, दुई बस, सात जिप-कार, सात ट्याक्टर, तीन मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा परी पुरुष सात, महिला तीन, बालबालिका एक जनाको मृत्यु भएको थियो भने शक्त घाइतेतर्फ पुरुष १५, महिला पाँच र बालबालिका ६ जना परेका छन्। सामान्य घाइते पुरुष १०, महिला दुई, बालबालिका चारजना रहेका छन्। आव ०७४/०७५ मा १७ सवारी साधन दुर्घटनामा परे। जसमा १९ जनाले ज्यान गुमाए। २८ जना शक्त घाइते तथा २२ सामान्य घाइते बने। त्यस वर्ष एउटा डोजर, दुइटा बस, चारवटा जिपकार, पाँचवटा ट्क्याटर, पाँचवटै मोटरसाइकल दुर्घटनामा परे। दुर्घटनामा परी पुरुष १४, महिला पाँचजनाले ज्यान गुमाएका छन् भने शक्त घाइतेतर्फ पुरुष १७, महिला ६, बालबालिका पाँचजना परेका छन्।

सामान्य घाइते पुरुष १७, महिला एक, बालबालिका चारजना रहेका छन्। आ.व.०७५/७६ मा २९ सवारी साधन दुर्घटनामा परे। जसमा १९ जनाले ज्यान गुमाए। ३२ जना सक्त घाइते तथा २५ जना सामान्य घाइते भएका छन्। त्यस वर्ष एउटा बस, १२ वटा जिपकार, १० वटा ट्क्याटर, छवटा मोटरसाइकल दुर्घटनामा परे। दुर्घटना हुँदा पुरुष ११, महिला चार र बालबालिका चारजनाको मृत्यु भएको छ। शक्त घाइतेतर्फ पुरुष १७, महिला १०, बालबालिका पाँचजना रहेका छन् भने सामान्य घाइतेतर्फ पुरुष ११, महिला सात, बालबालिका सातजना रहेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष ०७६/०७७ को कात्तिक मसान्तसम्म १० सवारी साधन दुर्घटनामा परे। दुर्घटनामा परी सातजनाले ज्यान गुमाएका छन्। जसमा शक्त घाइते १५, सामान्य घाइते दुईजना रहेका छन्। जसमा एउटा बस, छवटा जिप, एउटा ट्क्याक्टर, दुईवटा मोटरसाइकल दुर्घटनामा परे। दुर्घटनामा पुरुष ६, महिला एकजनाले ज्यान गुमाएका छन्। शक्त घाइतेतर्फ पुरुष १० महिला दुईजना तथा बालबालिका तीनजना रहेका छन्। सामान्य घाइते २ जना रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा १६ हजार ५ सय ४ सवारी साधन कारबाहीमा परे। जसबाट कुल १ करोड १ हजार ५ सय रुपैयाँ राजस्व संकलन भयो। तथ्यांकअनुसार आव २०७३/०७४ मा ५ हजार ३ सय १३ सवारी साधन कारबाहीमा परे। त्यस वर्ष सवारी कारबाहीबाट ३२ लाख एक हजार रुपैयाँ राजस्व संकलन भयो। आव ०७४/०७५ मा ४ हजार ८ सय २ सवारी साधन कारबाहीमा परे। त्यस वर्ष सवारी कारबाहीबाट २८ लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भयो। आव ०७५/०७६ मा ६ हजार ३ सय ८९ सवारी साधन कारबाहीमा परे। त्यस वर्ष सवारी कारबाहीबाट ३९ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने चालु आर्थिक वर्ष ०७६/०७७ को कात्तिक मसान्तसम्म १३ लाख ८३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रवीण आचार्यका अनुसार मानवीय कारण, सडकको कारण, यान्त्रिक कारण, वातावरणीय कारण दुर्घटना हुने गरेको हो। त्यसमध्ये सवारी दुर्घटना हुने प्रमुख मानवीय कारण हुने गरेको उनले बताए। चालकको लापरवाही, पैदल यात्रीको गल्तीले बढी दुर्घटना बढेको उनको भनाइ छ। उनले जिल्लामा लापरवाही गरेर सवारी चलाउने, तीब्र गतिमा सवारी चलाउने, जभाभावि ओभरटेक गर्ने प्रवृत्तिका कारण दुर्घटना हुने गरेको ‌औँल्याए। पछिल्लो समय मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रमुख समस्या पाइएको उनले बताए। एउटै चालकले लामो समयसम्म चलाउँने, क्षमताभन्दा बढी यात्रु तथा ओभर लोड बोक्ने, छतमा यात्रु तथा व्यापारीक सामाग्री राख्ने गरेका कारण पनि दुर्घटना बढेको उनले उल्लेख गरे। उनले पुरानो सवारी साधनलाई मर्मत गरेर चलाउने परिपाटीका कारण पनि दुर्घटना हुने गरेको बताए।

ठूलाचेक्मि अप्डेट

shankarmarasini268@gmail.com
Search Website

Search

Subscribe

Newsletter

WhatsApp Google Map

Safety and Abuse Reporting

Thanks for being awesome!

We appreciate you contacting us. Our support will get back in touch with you soon!

Have a great day!

Are you sure you want to report abuse against this website?

Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support