Select a date and time slot to book an Appointment
Date Of Appointment
धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–३ का २३ वर्षीय अर्जुन थापा मगरले बिहेको भोलिपल्टै श्रीमतीको हत्या गरेका छन् । यहि मंसिर ९ गते दुलहीका रुपमा भित्र्याएका मकवानपुरकी २० वर्षीया अनिशा तामाङलाई बिहे गरेको भोलिपल्ट हत्या गरेका हुन् ।
घटनाको ढाकछोप गर्न प्रयोग गरिएको शौचालयको खाल्डोमा लुकाएका थिए । खाल्डो छोप्ने ढक्कन निकै ठूलो भएकोले अर्जुनले शव लुकाउन ढक्कन उठाउन काका ३२ वर्षीय छवि थापा र आफन्त ४७ वर्षीय इन्द्रबहादुर थापालाई समेत प्रयोग गरेका थिए ।
मंसिर १० गते दिउँसोसम्म नयाँ दुलही अनिशालाई देखेका छिमेकीले ११ गते बिहान भने घरमा नदेखेपछि उनीहरुले अर्जुनलाई सोध्दा माइती गएकी भनेका थिए । छिमेकीले घटनाबारे शंका गरेपछि प्रहरीलाई खबर गरेका थिए ।
गाउँलेहरुको सूचनाका आधारमा प्रहरीले अनिशाका श्रीमान् अर्जुन थापा मगर, उनका काका ३२ वर्षीय छवि थापा मगर ४७ वर्षीय इन्द्र थापा मगरलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी रुपक खड्काले प्रारम्भिक अनुसन्धानबाट घटना हत्या भएकोले तीन जनालाई अनुसन्धानपछि कर्तव्य जान मुद्दा चलाइने बताएका छन् ।
We appreciate you contacting us. Our support will get back in touch with you soon!
Have a great day!
Please note that your query will be processed only if we find it relevant. Rest all requests will be ignored. If you need help with the website, please login to your dashboard and connect to support